back
NMB ad

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार आजदेखि, सिभिल बैंकका सिइओसहित यी कर्मचारी भए बिदा

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

प्राप्तिपछि हिमालयन बैंक लिमिटेड नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु हुन लागेको हो।

दुवै एक भएपछि अब हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो ।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ ।

दुवै बैंककोे पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति हुने प्रस्ताव पारित गरिसकेको छ ।

फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालिन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध छन् । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध छन् ।

सिभिल बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका छन्।यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएको हुन् ।

हिमालयन बैंकसँग भोलिदखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको सिभिल बैंकमा सिइओ सहित एक दर्जन कर्मचारीहरुले स्वेच्छिक अवकाश सुविधा लिएर बैंकबाट बाहिरिएका हुन् ।

वि.सं.२०७९ फागुन ११ बिहीवार १७:०९ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...