back
NMB ad

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौता अनुरुप नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघअन्तर्गतका संघका सदस्यहरुले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कार्यको लागि अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढङ्गले पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६५ शाखा कार्यालय, ३६७ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७९ फागुन ११ बिहीवार १९:४८ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...