काठमाडौं । एसियन हाईड्रोपावार लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको र १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
कम्पनीले ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।
वि.सं.२०७९ फागुन १४ आइतवार ०९:३४ मा प्रकाशित