काठमाडौं । छ्याङदी हाइड्रोपावरले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव रद्द गरेको छ । कम्पनीको २०७८ पुस ३० गते सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो ।
तर कम्पनीको २०७९ फागुन १२ गते बसेको संचालक समितिको बैठकले यस अघि साधारणसभाले पारित गरेको ४० प्रतिशत हकप्रद रद्द गरि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
साधारणसभाले पारित गरेको १ वर्षपछि पुरानो प्रस्ताव रद्द गरेर कम्पनीले नयाँ प्रस्ताव गरेको हो ।नियमनकारी निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
वि.सं.२०७९ फागुन १४ आइतवार १०:३० मा प्रकाशित