back
NMB ad

बचतको सीमा तोकेर सहकारीलाई खुम्च्याउनु गलत हो : अध्यक्ष कँडेल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमा विकृति फैलियो भन्दैमा बचतको सीमा तोकेर सहकारीलाई खुम्च्याउनु सही नभएको बताएका छन् ।

आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहकारीलाई नियमनसँगै कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण तत्काल आवश्यक रहेको बताए ।

सहकारी ठूलो बन्दैमा बिग्रिन्छ भन्ने होइन । १० अर्ब भन्दा बढी पुँजी भएको सहकारीहरू पनि रहेका छन्’ उनले भने, ‘कोरोना महामारी र विश्वभर आएको आर्थिक मन्दीको असर नेपालमा पनि परेको छ । यसले गर्दा समग्र वित्तीय क्षेत्रमा समस्या देखिएको छ । सहकारीमा मात्रै यस्तो समस्या देखिएको होइन ।’

‘गैर-कानुनी रुपमा आर्जन भएको पैसा सहकारीमा नआओस यसमा अभियान र आफुहरु सचेत रहेको भन्दै सहकारीमा आएको पैसाबारे राज्यले छानबिन गरोस् भन्ने हाम्रो पनि मान्यता छ । उनले भने,सरकारले सहकारीको निरन्तर अनुगमन नियमन गरेको भए आज ओरियन्टल, सिभिल सहकारी जन्मने थिएन ।’

वि.सं.२०७९ फागुन १४ आइतवार १४:३३ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...