काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा यस कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि यस संस्थाले चैत १ गते बुक क्लोज गर्ने भएको छ ।
त्यसकारण, फागुन ३० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । सभा होटल पौवा सिद्धार्थनगर–६ रुपन्देहीमा हुनेछ ।
वि.सं.२०७९ फागुन १५ सोमवार ११:०० मा प्रकाशित