back
NMB ad

सेगवेको पोखरामा नयाँ शोरुम खुल्यो

Kumari bank ad

काठमाडौं । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्नेछ । नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारको लागि महत्वपूर्ण कोसेढुङ्गा (माइलस्टोन) साबित गरेको छ ।

शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ । सेगवेले नयाँ पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ । पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरू रोपिनेछ । यस पहलले वातावरणलाई पनि फाइदा पु¥याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ ।

बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ । शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन् । टोलीले ग्राहकहरूकोे सेगवे स्कुटरहरूमा गरेकोे लगानी उत्कृष्ट रहेको सुनिश्चित गर्दै कसरी मर्मत गर्ने बारे सल्लाह प्रदान गर्नेछन् । यो शोरुमको सञ्चालनसँगै सेगवेले नेपालभरका बिक्री र सेवा केन्द्रहरूको नेटवर्कमा उत्कृष्टता थप्ने विश्वास कम्पनीले लिएको छ । यो शोरुम घक् सुविधा सम्पन्न रहेको छ, बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सक्नेछन्् ।

नयाँ शोरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिने छन्, साथै ग्राहकहरुले ई–स्कुटरहरुको निरीक्षण र टेस्ट–रईड गर्न सकिनेछ र जानकार कर्मचारीहरुबाट विशेष परामर्श प्राप्त गर्नेछ । पोखरा र आसपासका क्षेत्रका ग्राहकहरूले अब सेगवेका विभिन्न मोड़ल सजिलै निरीक्षण र खरिद गरि सन्तुष्ट अनुभव गर्नेछ ।

नेपाली बजारमा अहिलेसम्म उपलब्ध सेगवे ई–श्रृङ्खला अन्तर्गतका ई–१००, ई–१२५ र ई–११०ी ले ग्राहकको सकारात्मक प्रशंसा बटुल्नुका साथै आफ्ना सुविधाहरु र सजिलो ह्यान्डलिङका लागि प्रसिद्व छन् । भर्खरै सेगवले नेपालमा ल्–श्रृङ्खला अन्तर्गतको ल्१०० सार्वजनिक गरेको छ । सेगवे नाइनबटको ल्१०० ७२–भोल्ट ईलेक्ट्रिक स्कुटर हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । ल् १०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ । यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडीगोजस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, साथै सहज नियन्त्रण र आरामदायी सिट समावेश गरिएको छ । यसका अतिरिक्त अत्याधुनिक मोबाइल एप पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ ।

वि.सं.२०७९ फागुन १५ सोमवार १३:१० मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...