back
NMB ad

हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना घोषणा

Kumari bank ad

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ ।

हुन्डाईले “Upgrade your Electric Journey with IONIQ 5” भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ, जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी KONA  वा IONIQ सँग साट्न सक्नेछन् । यो एक्सचेन्ज योजनामा KONA  को न्युनतम एक्सचेन्ज मुल्याङ्कन रु.४० लाख कायम गरिएको छ जुन हालसम्मको मुल्याङ्कनमा सब भन्दा बढी जनाएको छ ।

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो KONA  ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ  Kona Electric jf   वा IONIQ 5  को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन् ।

नेपालका विद्युतीय सवारी साधनहरुमा हुन्डाई इभीहरु अग्रपंत्तिमा रहेका छन् । यी EV हरुले विश्वभरका ग्राहकहरुको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको छ ।

प्रतिस्पर्धात्मक विद्युतीय सवारी साधनको बजारमा हुन्डाईले फ्युचरिष्टीक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ । यो योजनाबाट ग्राहकहरुले KONA  वा IONIQ को सम्पूर्ण विशेषताहरुसँग साक्षात्कार गर्न पाउने छन् । यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास कम्पनीले लिएको छ ।

एक्सचेन्ज अफर योजना नेपाल भरिको हुन्डाई सोरुमहरुमा उपलब्ध छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

यस कम्पनीले परिवर्तनशिल नयाँ संरचना मार्फत सवारी साधन बिक्री मात्र नभई देशभर चार्जिङ्ग स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारी साधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०७९ फागुन १५ सोमवार १३:४७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...