काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रिमियर इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको १४.२५ प्रतिशत बोनस बापतको १७ लाख ४९ हजार ४५१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ फागुन १५ सोमवार १५:४० मा प्रकाशित