back

केपिलासगढी गाउँपालिकामा ३७ प्रतिशत वजेट खर्च

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले सात महिनामा ३७ प्रतिशत वजेट खर्च गरेको छ ।

गाउँपालिकाले माघ मसान्तसम्ममा कूल वजेटको ३७.८२ प्रतिशत वजेट खर्च गरेको हो । गाउँसभा तथा हिउँदे गाउँसभामा गाउँपालिकाको कूल वजेट ४५ करोड ९४ लाख ३४ हजार ७०९ रुपैयाँमध्ये १७ करोड ३७ लाख ६७ हजार ७१४ रुपैयाँ बजेट खर्च भएको जानकारी दिइएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म चालुतर्फ ४५.०८ प्रतिशत र पुँजीगततर्फ २२.७३ प्रतिशत रकम खर्च गरेको लेखापाल राजकुमार खत्रीले जानकारी दिए ।

यस्तै, माघ मसान्तसम्म प्रक्षेपित राजश्वमध्ये ७४.४७ प्रतिशत राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ । साउनदेखि माघ मसान्तसम्म गाउँपालिकाले ६७.८३ प्रतिशत योजना सम्झौता गरेको र १०.०५ प्रतिशत योजना फछ्र्यौट गरिसकेको योजना शाखा प्रमुख सन्तोष राईले जानकारी गराए ।

गाउँसभाले बर्खे अधिवेशनपछि प्रदेश सरकारबाट प्राप्त छ वटा र संघीय सरकारबाट प्राप्त तीन वटा कार्यक्रमलाई वार्षिक वजेटमा समावेश गरेको छ । वडाबाट संशोधन भएर आएका सम्पूर्ण कार्यक्रमलाई गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । गाउँसभाले केही पालिका स्तरीय कार्यक्रमलाई पनि संशोधन गरेर नयाँ थप कार्यक्रम बनाएको छ ।

वि.सं.२०७९ फागुन १६ मंगलवार ०८:०६ मा प्रकाशित

You can share this post!

प्रचण्डका घरबेटीले ठेक्का पाएको भक्तपुर-नगरकोट सडकखण्डको ठेक्का रद्द

प्रचण्डका घरबेटीले ठेक्का पाएको भक्तपुर-नगरकोट सडकखण्डको ठेक्का रद्द

वि.सं.२०७९ चैत १५ बुधवार ०८:१४

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा घरबेटी शारदाप्रसाद अधिकारले पाएको...

नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

वि.सं.२०७९ चैत १० शुक्रवार १५:२४

काठमाडौं । नेपाल फाइभ पी प्रदर्शनी आजदेखि सुरु भएको छ...

दुई दशकमा धोबीखोला करिडोरको काम ९६ प्रतिशत

दुई दशकमा धोबीखोला करिडोरको काम ९६ प्रतिशत

वि.सं.२०७९ चैत १० शुक्रवार ११:२३

काठमाडौं । निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण...

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजारको सहयोग

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजारको सहयोग

वि.सं.२०७९ चैत १० शुक्रवार ०७:२७

काठमाडाै । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई...

मिडास टेक्नोलोजिज सँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप” सन्चालन

मिडास टेक्नोलोजिज सँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप” सन्चालन

वि.सं.२०७९ चैत ७ मंगलवार १७:२६

काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले...

सुस्त गतिमा सुदूरपश्चिमका लोकमार्ग निर्माणः कहिले होला निर्माण सम्पन्न ?

सुस्त गतिमा सुदूरपश्चिमका लोकमार्ग निर्माणः कहिले होला निर्माण सम्पन्न ?

वि.सं.२०७९ चैत ६ सोमवार १७:१३

महेन्द्रनगर । निर्माण थालिएको दशकौँ बितिसक्दा पनि सुदूरपश्चिममा महाकाली र...