back
NMB ad

सप्तरीको खडक नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही फागुन १५ गते मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले घटना कतिवेला हुन्छ थाहा नहुने भएकाले सबैले जीवन तथा घर लगायत सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि बीमा कम्पनीहरु गाउँमा आउनुपर्ने, विनाझन्झट दाबी भुक्तानी पाउनुपर्ने, बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु गाउँ गाउँमा आयोजना गर्नुपर्ने, कम्पनीका शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गर्नुभएको कार्यक्रममा खडक नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधि, कृषक, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता लगायत गरी करिव ७५ जनाको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ फागुन १६ मंगलवार १४:०९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...