काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले नेपाल सिद्धार्थ इन्स्योरेन्स र प्रिमियम इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ ।
यी दुई इन्स्योरेन्स गाभिएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट फागुन १७ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो ।
सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार फागुन १७ गते देखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७९ फागुन १६ मंगलवार १६:०८ मा प्रकाशित