back
NMB ad

दर्ता बिना संचालनमा रहेका पसल तथा फर्महरु दर्ता गर्न नगरपालिकाकाे निर्देशन

Kumari bank ad

भक्तपुर । भक्तपुरका धेरै पसलहरु नगरपालिकामा दर्ता विना संचालनमा भएको पाइएको छ ।भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको सल्लाघारी, चुनदेवी र घलाटेमा फागुन १५ र १६ गते दुई दिनमा ३५ वटा पसल अनुगमन गर्दा धेरै पसलहरु नगरपालिकामा दर्ता विना संचालन गरिएको पाइएको हो ।

अनुगमनमा मोतिलाल दुगडको दुगड वर्डस् एण्ड सन्स् प्रा.लि. नगरपालिकाको दर्ता प्रमाणपत्र पसलमा नभएकोले पसलमा देखिने गरी राख्न निर्देशन दिइएकाे छ।

त्यस्तै ब्रदर्श रिकण्डिसन (ब्रो इन्टर प्राइजेज) दर्ता प्रमाणपत्र नभएको र दर्ता विना २०७५ सालदेखि संचालन गरेकोले तीन दिनभित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन र बाटोमा मोटर साइकल पार्किड्ड नगर्न समेत निर्देशन दिईएकाे छ।

त्यस्तै सोलु खाजा घर, सूर्य गणेश इन्टर प्राइजेजलाई भने तीन दिनभित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएकाे छ भने यसैगरी ३५ वटा पसल र फर्महरुलगाएतलाई पनि तीन दिन भित्र दर्ता कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक प्रजापतिले जानकारी दिए ।

 

वि.सं.२०७९ फागुन १७ बुधवार १७:२६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...