back
NMB ad

काठमाडौं प्रहरीले गर्यो यस्तो आग्रह

Kumari bank ad

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ। विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो ।

सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेल्न प्रहरीको आग्रह छ । होली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नर्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न प्रहरीले अनुरोध गरेको छ ।

कसैको इच्छाविपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुनेगरी रङ नलगाउनुहोला, प्रहरीले भनेको छ, ट्राफिक नियमको पूर्ण पालना गरौँ । मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ । भिडभाड हुने स्थानमा पाकेटमारी लुटपाट हुने सम्भावना बढी हुँदा सावधान रहनुहोला ।

प्रहरीले जारी गरेको अनुरोध पत्रमा कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा थाहा पाएमा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिएको छ । कानुनविपरीतका गतिविधिहरू गरेको पाइए जरिबाना र कारबाही गरिनेसमेत गरिने प्रहरीले चेतावनी दिएको छ ।

परिसरले महँगा गरगहना लगाएर होली खेल्ने ठाउँमा नजान र अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि आग्रह गरेको छ ।

वि.सं.२०७९ फागुन २१ आइतवार १७:३३ मा प्रकाशित

You can share this post!

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:०६

काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा...

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० चैत्र मसान्तमा सूचीकृत...

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४९

काठमाडौँ, ३० वैशाखः चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश...

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४२

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको...