काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुटवल पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ५ प्रतिशत बोनस बापतको १६ लाख २७ हजार ३७८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ फागुन २५ बिहीवार १३:१२ मा प्रकाशित