back
NMB ad

सगरमाथा र लुम्बिनी जनरल इन्स्यारेन्सको एकीकृत कारोबारको मिति तय

Kumari bank ad

काठमाडौं । मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्यारेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार फागुन २९ गतेदेखि गर्ने निर्णय गरेको छ ।

संयुक्त मर्जर कमिटिले दुई कम्पनी एकीकृत कारोबार फागुन २९ गतेबाट गर्ने निर्णय गरेको हो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अनुसार एकीकृत कारोबारको लागि सबै तयारी अन्तिम चरणमा पुगिसकेको छ । अन्तिम सम्झौता स्वीकृत भई बीमा प्राधिकरण, सेबोन र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति पाइसकेको छ ।

मर्जपछि बन्ने नयाँ कम्पनीको नाम भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहने सहमति भएको छ । मर्जर सम्वन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी साधारण सभामा लगिने बताइएको छ । दुवै कम्पनीको सेयर आदान प्रदान अनुपात स्वाप रेसियो भने १००ः८० कायम हुनेछ ।

दुबै कम्पनीको आ।व ०७८र०७९ को वित्तिय अनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैंया कायम रहनेछ ।

संचालक समितिको संचालकमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र संचालकको रुपमा रहनेछ ।

नयाँ कम्पनीको संचालक समितिको अध्यक्षमा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट बन्ने सहमति भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सगरमाथा इन्स्योरेन्सको तर्फबाट चंकी क्षेत्री बन्नेछन् ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १०:०३ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...