काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टीको दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।
सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । यता निर्वाचन आयोगले अनिवार्य महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।
वि.सं.२०७९ फागुन २६ शुक्रवार १२:३८ मा प्रकाशित