
काठमाडौं । आइतबार फागुन २८ गते सुनको मूल्य बढेको छ । उक्त दिन सुन तोलामा १७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ३००० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८०० रुपैयाँ तेजावी सुन प्रतितोला १ लाख १३०० रुपैंयामा कारोबार भएको थियो । यसैगरी, चाँदीको भाउ २५ रुपैंयाले बढेर १ हजार २४५ रुपैंयामा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो ।
वि.सं.२०७९ फागुन २८ आइतवार १०:३९ मा प्रकाशित