
काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ।
आर्थिक वर्षको ७ महिना सकिंदा माघमा शोधनान्तर बचत १ खर्ब ३३ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्षको ७ महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
पुस मसान्तमा ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै थप ३६ अर्ब ११ करोडले वृद्धि भएको हो । अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब १ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् पूर्णपाठ
वि.सं.२०७९ फागुन २८ आइतवार १३:१४ मा प्रकाशित