काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको मूल्य समायोजन गरेको छ ।
स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६६३ रुपैंया ९३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार ८१० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
कृषि विकास बैंकको २ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २९३रूपैयाँ १४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २९९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ फागुन २९ सोमवार १५:५७ मा प्रकाशित