back
NMB ad

लुम्बिनी विकास बैंक लिमिटेडको थप नयाँ एटिएमको उद्घाटन

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले मिति एक एटिएम को उद्घाटन गरेको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

साथै बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटिएम सेवा शुरु गरी स्थानिय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पु¥याउन पहल गरेको छ । उक्त एटिएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले गर्नुभयो ।

साथै उक्त कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष सुशिल राज पराजुली, पुर्व सञ्चालक बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानिय व्यवसायी एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । शाखा प्रबन्धक बाल कृष्ण वन ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनाल ले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राख्नुभएको थियो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटिएमको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा १८ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

वि.सं.२०७९ फागुन २९ सोमवार १७:२५ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...