काठमाडौं । चैत ५ गते आइतबार सुनको भाउमा भारी वृद्धि भएको छ । उक्त दिन सुन प्रतितोला २९ सय रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला ३५ रुपैंयाले बढेर १ हजार ३४५ रुपैंयामा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको हो । यस अघि गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार १ सयमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो।
अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७१०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ६२०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला१ हजार ३१० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०७९ चैत ५ आइतवार १०:४६ मा प्रकाशित