back
NMB ad

माघसम्ममा वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब, सबैभन्दा बढी नबील बैंकको, अन्यको कति ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ७ महिना अर्थात माघसम्म्मा ४१ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ७ महिनामा उक्त नाफा कमाएका हुन् । माघसम्ममा सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन्।

माघ एक महिनामा मात्रै बैंकहरुले ७ अर्ब २७ करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन्। गत आर्थिक वर्षको माघसम्ममा बैंकहरुको खुद नाफा ४० अर्ब २४ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा बैंकहरुको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँले मात्रै बढेको छ ।

चालु आर्थिक वर्षको माघसम्ममा नविल बैंकले ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो। एनआइसी एसिया बैंकको नाफा ३ अर्ब ६७ करोड रुपैयाँ छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको ३ अर्ब ५५ करोड र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ६ करोड रुपैंया रहेको छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड, एनएमबि बैंकले २ अर्ब २३ करोड र स्टान्डर्ड चार्टड बैंकले २ अर्ब २ करोड नाफा कमाएको छ ।

प्राइम कमर्सियल बैंकले १ अर्ब ९९ करोड, एभरेष्ट बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १ अर्ब ७० करोड, प्रभु बैंक १ अर्ब ६६ करोड, सानिमा बैंकले १ अर्ब ५३ करोड, कुमारी बैंकले १ अर्ब ५० करोड, सिद्धार्थ बैंकको १ अर्ब ४५ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, हिमालयन बैंकले १ अर्ब २९ करोड, लक्ष्मी बैंकले १ अर्ब २८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १७ करोड, सिटिजन बैंकले १ अर्ब २ करोड रुपैंया कमाएका छन् ।

त्यसैगरी सनराइज बैंकले ८ ककरोड ६० लाख, सिभिल बैंकले ७ करोड ७७ लाख र कृषि विकास बैंकले १ करोड कमाएका छन् ।

वि.सं.२०७९ चैत ५ आइतवार १७:५१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...