back
NMB ad

सहकारीमा ताला लगाएर सञ्चालक फरार

Kumari bank ad

हेटौंडा । मकवानपुरको हेटौंडा–४, पारिजातपथस्थित शिव शिखर बहुद्देश्यीय सहकारीमा ताल्चा लगाएर सञ्चालक फरार भएको झण्डै दुई महिना हुन लागिसकेको छ।

बचत रकम फिर्ता दिन नसकेपछि विगत १ महिना भन्दा लामो समयदेखि बन्द रहेको सकारीको ढोकामा सयौं बचतकर्ताहरुले दिन बिताउने गरेका छन्। लामो समयदेखि सञ्चालकहरु फरार भएपछि बचतकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको छ।

सहकारीका कर्मचारी र संचालकहरु सम्पर्कविहीन भएपछि सोमबार हेटौंडाका बचतकर्ताहरुले संघर्ष समिति नै बनाएर विरोध सुरु गरेका छन्। लामो समयसम्म सहकारीको ढोका बन्द भएपछि न्याय माग्नको लागि सडकमा उत्रिएको पीडित बचतकर्ताहरु बताउँछन्।

केही समयअघि पनि जिल्ला प्रशासन कार्यालयदेखि हेटौंडा उपमहानगरपालिकासम्म ध्यानाकर्षण गराए पनि सञ्चालकहरु सम्पर्कमा नआएको भन्दै बचतकर्ताहरु आक्रोशित भएका छन्।

सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको पीडितहरु गनासो गर्छन्। सहकारीले बचतकर्ताको रकम कहाँ लगानी गरेको छ भनेर जवाफ नदिएको उनीहरूको भनाइ छ।

पीडितले लगभग १ महिनाअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पनि न्याय दिलाइदिन आग्रह गरेका थिए। तर हालसम्म पनि सहकारीका सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयलेसमेत सम्पर्कमा ल्याउन नसकेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताउँछन्।

हेटौंडामा पुस २०७७ मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो। हेटौंडामा यो सहकारीको १६ औं शाखा हो।शिव शिखरसँग हेटौंडाबासीहरूले बचत रकम फिर्ता मागेको घटना करिब २ महिना अगाडि देखिको हो।

करिब २ महिनाअघि नै सहकारीकोढोकामा ताल्चा लगाएको थियो। तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो। तर तोकिएको समयमा बचत फिर्ता दिन नसकेपछि पछिल्लो १ महिनादेखि सहकारी पूर्णरुपले बन्द भएको हो।

वि.सं.२०७९ चैत ७ मंगलवार २०:४६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...