back
NMB ad

भोलीदेखि एकिकृत कारोबार गर्दै सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स

Kumari bank ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई भोली चैत ९ गते बिहिबारदेखि एकिकृत कारोबार गर्ने भएका छन् ।

यी दुवै कम्पनीको फागुन १२ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने बीमा प्राधिकरणले फागुन १८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले संयुक्त मर्जर कमिटिको चैत्र ५ गतेको बैठकले चैत्र ७ गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो । मर्जपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वर (हालको रिलायन्स लाइफको केन्द्रीय कार्यालय रहेको स्थान)मा रहने गरि एकिकृत कारोबार हुन लागेको हो । यी दुई कम्पनी १ः१ को अनुपातमा मर्ज भएका हुन् । हाल रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ छ। मर्जरपछि चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।

वि.सं.२०७९ चैत ८ बुधवार १६:५० मा प्रकाशित

You can share this post!

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत...