back
NMB ad

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारणसभा  बोलाएको  छ।संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपा–८स्थित बनेपा पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले भविष्यमा अन्य लघुवित्त संस्था गाभ्ने, गाभिने वा प्राप्ति गर्न वा हुन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले प्रबन्धपत्रको दफा ५मा रहेको वित्तीय संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरुमा विप्रेषणसम्बन्धी कार्यहरु गर्न दफा ५ अन्तर्गत खण्ड (प) थप गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यो आर्थिक वर्षका लागि संस्थाले कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले चैत २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै संस्थाको वार्षिक साधारणसभा सहभागी हुन पाउनेछन्।

वि.सं.२०७९ चैत ९ बिहीवार ११:३९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...