back
NMB ad

नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ बीमा पोलिसी, यस्ता छन् सुविधा

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले आज चैत ९ गते एक कार्यक्रम आयोजना गर्दै नेपाल लाइफ सुनौलो भविष्य जविन बीमा योजना सार्वजनिक गरेको हो । एक बीमा योजनाबाट दुई सुविधा उपभोग गर्न सकिने व्यवस्थासहित कम्पनीले यो योजना ल्याएको हो ।

यस योजनामा सावधिक जीबन बीमा अग्रिम भुक्तानी तथा आजीवन बीमा मुनाफामा सरिक हुने जस्ता विशेषता रहेको छ । साबधिक जीवन बीमा अन्तर्गत न्यूनतम ५ देखि अधिकतम ३५ वर्षसम्मको समय रहेको छ । आजीवन बीमाको हकमा भने न्युनतम १५ देखि ६२ वर्षसम्म जोखिम बहन हुने व्यवस्था रहेको छ ।

यस योजना अन्तर्गत बीमितले वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै मासिक तलब बचत स्किम अनुसार बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।

यसैगरी एकल बीमाको हकमा भने केवल साविक जीवन बीमा मात्रै यो सुविधामा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत एक बीमा शुल्क तिर्ने तरिका पेन्सन बीमा गर्नेले भने उपभाग गर्न पाउने छैन ।

न्यूनतम रकम २५ हजारदेखि अधिकतम बीमाङ्क रकम आयस्रोतको अनुसार तय गर्न सकिने छ । यस योजनामा कर्जा लिन सकिने व्यवस्था रहेको छ भने वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ गरेदेखि ३ वर्ष पुराभएपछि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

साथै यस योजनाअन्तर्गत दुर्घटना बीमा लाभ सुविधा समेत रहेको छ । १८ वर्ष माथिका बीमितले दुर्घटना बीमाको अतिरिक्त शुल्क तिरेर एक करोड सम्मको दुर्घटना बीमाको समेत सुविधा पाउन सक्नेछन् ।

साथै यस योजना अन्तर्गत १८ वर्षदेखि ७० वर्षसम्मका बीमितले एक करोड रुपैयाँसम्मको असक्तता बीमा सुविधा समेत पाउनेछन् । त्यस्तै, १८ वर्षमाथिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्मको यस योजनाअन्तर्गत घातक रोग बीमाको समेत सुधिवा पाउनेछन् ।

वि.सं.२०७९ चैत ९ बिहीवार १७:४३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...