back
NMB ad

ईंटा उद्योगको पर्खालले किचेर मजदुरको मृत्यु, दुई जना घाइते

Kumari bank ad

सिरहा । सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच्दा एकजना मजदुरको मृत्यु भएको छ भने दुईजना मजदुर घाइते भएका छन्। शुक्रबार गोलबजार ८ मा रहेको सगुन ईंटा उद्योको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा बीबीको मृत्यु भएको हो ।

ईटाभट्टाबाट पोलेको ईंटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएका महिमाको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ। घाइतेहरू ३५ वर्षीय बबी बीबी र ४० वर्षीय ममता बीबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ।

शव पोष्टमार्टमको लागि प्रदेशीक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  गत फागुन २७ गते गोलबजार ५ स्थित माँ धमिनी ईटा उद्योगको पर्खाल भत्किँदा उद्योगमा कार्यरत ६ जना घाइते भएका थिए।

ईंटा उद्योगमा कार्यरत मजदुरहरुलाई समान्य सुरक्षाको व्यवस्थासमेत नमिलाउँदा पटक पटक दुर्घटनामा परि मजदुरहरु अङ्गभङ्ग हुनुको साथै ज्यान नै जाने गरेको छ। यसप्रति सरकोकारबालाहरूको ध्यान जान जरुरी रहेको स्थानीय बताउँछन् ।

वि.सं.२०७९ चैत १० शुक्रवार १४:५४ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...