काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा १ अर्ब ८ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार चैत १० गते शुक्रबारसम्ममा ९ लाख ६३ हजार ५१८ जना सर्वसाधारण आवेदकले १ करोड ८ लाख ८१ हजार २१० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ३५ लाख ८१ हजार ७६० कित्ता शेयरको ३ गुणा बढी हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यसमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ चैत १० शुक्रवार १९:२७ मा प्रकाशित