back
NMB ad

एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्याउँछु : वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ

Kumari bank ad

धनगढी । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफुले संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन कार्य गर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले शनिवार धनगढीमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको छैटौं प्रदेश सभाको सफलताको शुभकामना दिँदै आफ्नो नेतृत्वमा व्यवसायीहरुको समस्यारुपी घाउमा मल्हम लगाउन र पिडामा रहेको व्यवसायलाई उकास्न भूमिका निभाउने बताए ।

“अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,” वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले भने, “करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या छन् । यस्ता विषयहरुलाई सम्बोधन गर्न भनेर नै मैले विज्ञसहितको टिम तयार गरेको छु ।”

श्रेष्ठले सुदुरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह संभावना रहेको भन्दै यसलाई बिस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताए ।

“मैले लामो समयदेखि महासंघको विभिन्न तहमा बसेर कार्य गर्दै आएको छु। यसले मलाई उद्योगी व्यवसायीहरुको समस्या बुझ्न सहयोग गरेको छ,” श्रेष्ठले भने, “मेरो टिम अन्तरगतका विभिन्न उपाध्यक्ष तथा अन्य सदस्यहरु समेत समावेशी युवाहरु छन् ।”

आफ्नो टिमको तर्फबाट जिल्ला÷नगर तर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान तथा एसोशिएट्स उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ उम्मेदवार रहेको उनले जानकारी दिए ।

उनले आफूले महासंघमा लामोसमदेखि विभिन्न भूमिकामा रहेर नयाँ विषयहरु सिक्दै रहेको र अन्य साथिहरुलाई समेत सिकाउँदै आएको बताए ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले व्यवसायीहरुको पिडालाई सम्बोधन गर्नकै लागि र लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्नेगरी प्लेटफर्म तयार पारेको भन्दै सबैलाई त्यसमा सहकार्य र सहभागी हुन आग्रह गरे ।

“मेरो नेतृत्वमा तपाईँहरुलाई संस्थाको हरेक कार्यमा आबद्धता गराउने र अपनत्व दिलाउने प्रतिबद्धता व्यक्त गर्दछु, आउनुस् सबै मिलेर सहकार्य गरौं,” उनले भने ।

वि.सं.२०७९ चैत ११ शनिवार १५:२२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...