काठमाडौं । आज चैत १२ गते, आइतबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनएलजी इन्स्योरेन्स र सिक्लेस हाइड्रोपावरले भोली अर्थात चैत १३ गते बुकक्लोज गर्ने भएको छ ।
यस कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यी दुई कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी जम्मा १०.५्२ प्रतिशत लाभांश वितरण गर्दैछ । सोशी लाभांश पारित गर्न कम्पनीले चैत २० गते, सोमबार, बिहान १०.३० बजे आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटारमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, सिक्लेस हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत २० गते सोमबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा अठारौँ वार्षिक साधारण सभा बोलाएको छ।
वि.सं.२०७९ चैत १२ आइतवार ०९:५५ मा प्रकाशित