काठमाडौं । महुली लघुवित्तले लाभांश परिमार्जन गरेको छ । राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले लाभांश दर पमिार्जन गरेको हो ।
लघुवित्तले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि राष् बैंकमा पठाएको थियो।
तर अब बोनस शेयर र कर प्रयोजनको लागि गरि कुल १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रहेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीमा बितरण हुने छ ।
वि.सं.२०७९ चैत १२ आइतवार १०:२८ मा प्रकाशित