back
NMB ad

नयाँ बर्षमा आइमा स्कुटरमा २५ हजार नगद छुट, अरु पनि छन् थप अफरहरु

Kumari bank ad

काठमाडौं । नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा आइमाले नेपालमा आफ्नो विभिन्न मोडेलका स्कुटरहरुमा बम्पर छुटको अवसर सार्वजनिक गरेको छ ।

नेपालमा आधिकारिक बिक्रेता हिमाल इभि मोटर्स प्रा. लि.ले बम्पर छुटको अभियान अन्र्तगत आइमासंग, ग्राहकहरूले रु. १,८४,०००।– को Tiger S5 मोडेल खरीद गर्दा रु. २४,००० र रु. ३,३०,०००।– को Tiger X611  मोडेल खरीद गर्दा रु. २५,००० छुट प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सो दुबै मोडेलहरुको छुट पछिको मुल्य क्रमशः रु. १,६०,००० र रु. ३,०५,००० मात्र पर्न जानेछ ।

ग्राहकहरूले आइमाको बम्पर नगदको छुट मात्र नभई, हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन सक्नेछन । साथै चालु आर्थिक बर्षको कर समेत आइमाको विक्रिकर्ताले नै भुक्तान गरी दिनेछ भने इएमआइ फाइनान्सीङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको कम्पनीका सेल्स प्रमुख शंकर शमर्माले जानकारी दिए । ग्राहकहरूले हाल प्रयोग गरिरहेका जुनसुकै कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर आइमाको विक्रेताको सोरुममा आई साटेर नयाँ आइमास्कुटर खरीद गर्न सक्ने शर्माले बताए । यो बम्पर छुट र उपहार अभियान यहि चैत्र १५ गते देखि २०८० बैशाख ३१ गते सम्मको लागि मान्य हुने बताइएको छ ।
बिक्रि गरिरहेको AIMA ब्राण्डका केहि स्कुटरका मोडेलहरु निम्नप्रकार छन् ः

Tiger X611

हेर्दा निक्कै बोल्ड देखिने यो स्कुटर झट्ट हेर्दा पेट्रोलबाट चल्ने स्कुटर जस्तो देखिन्छ । स्कुटरको समग्र आकार नै ठुलो छ । बाइक वा पेट्रोलको कुनै पनि स्कुटर त्यागेर यो स्कुटर चलाउँदा डोमिनेट फिल गर्नु पर्दैन । झन सानदार देखिन्छ । आकारमा मात्र नभएर यसको बिल्ड क्वालिटि पनि निक्कै गुणस्तरीय छ । ६० भोल्ट र २८.६ एएचको लिथिएम बेट्री भएको यो स्कुटरले एकपटकको फुल चार्जमा करिब ९० किलोमिटरको रेन्ज दिन्छ ।

घरको सामान्य प्लगमा जोडेर पनि करिब ५ घण्टामा यसलाई फुल चार्ज गर्न सकिने छ । २१०० वाटको पिक पावर भएको वोस्क कम्पनीको मोटर जडित यो स्कुटरले १५० किलोको वजनलाई १५ डिग्रीको उकालोमा तान्न सक्ने क्षमता राख्दछ । यसको मतलव २ जना व्यक्तिलाई शहरबजार तथा तराइको बाटोमा यसले सजिलै तान्न सक्दछ ।

यसको अगाडि र पछाडि १२ इन्चको व्हिल दिइएको छ भने यसको ग्राउण्ड क्लियरेन्स १४० एमएम रहेको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यसमा २० लिटरको बुटस्पेस रहेकाले सबैखाले हेलमेट सजिलै राख्न मिल्छ । यो स्कुटरमा सिंगल बेट्री मात्र नभई दुइवटा बेट्री राख्नका लागि पनि अलग्गै बेट्री कम्पार्टमेन्ट बनाएर पठाएको छ । जसका कारण धेरै रेन्ज चाहनेहरुका लागि यो उचित छनौट हुनसक्नेछ । एलइडि हेडल्याम्प, डिजिटल डिस्प्ले, एन्टिथेप्ट सिस्टम, रिमोट कन्ट्रोल, किलेस युजेज, ब्लुटुथ कनेक्टिभिटि लगायतका फिचर यो स्कुटरमा दिइएको छ । अगाडिको भागमा मोवाइल चार्जर सँगै दुइवटा स्पिकर समेत जडान गरिएको छ । यो स्कुटरको अधिकतम गति ६५ किलोमिटर प्रतिघण्टा रहेको छ भने यसको मोटर तथा बेट्री दुबैमा २ बर्षको वारेन्टी दिइएको छ । यसको मुल्य रु. ३,३०,००० राखिएको भएता पनि अहिले यसमा रु. २५,००० छुट दिएर जम्मा ३,०५,००० मा बिक्रि गरिरहेका छौं शर्माले भने ।

Tiger S5

यसमा २४०० वाटको पिक पावर भएको बोस्क कम्पनीको मोटर दिइएको छ । जसका कारण यसले करिब १३० किलो वजनलाई १५ डिग्री उकालोमा तान्न सक्नेछ । हेर्दा सानो भएपनि यसको अधिकतम गति ६४ किलोमिटर प्रतिघण्टा रहेको छ । ७२ भोल्ट र २० एएचको लिडएसिड बेटी दिइएको यो स्कुटरलाई घरको प्लगमा नै जोडेर करिब ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिनेछ । अगाडि १२ इन्ज र पछाडि १० इन्चको व्हिल दिइएको यो स्कुटरको ग्राउण्ड क्लियरेन्स १६० एमएम भएकाले केहि खराब कण्डिसनको बाटोमा पनि चलाउन सकिने आशा लिन सकिन्छ । यो स्कुटरको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क बे्रक दिइएको छ । मुल्यको हिसाबले निक्कै सस्तो यो स्कुटर एक पटकको फुल चार्जमा करिब ७५ किलोमिटर गुड्नेछ । चिटिक्क र सानो भएका कारण आम नेपाली महिलाहरुको उचाइका लागि निक्कै सजिलो स्कुटरको रुपमा यसलाई लिन सकिन्छ । यसको मुल्य रु. १,८४,००० राखिएको भएता पनि अहिले यसमा रु. २४,००० छुट दिएर जम्मा १,६०,००० मा बिक्रि गरिरहेको शर्माले जानकारी दिए ।

AIMAको नेपालको आधिकारिक वितरक हिमाल इभि मोटर्स प्रा. लिको बारे

विश्वको विद्युतीय स्कुटरको हिसाबमा सबैभन्दा बढी उत्पादन तथा बिक्रि गर्ने ब्राण्ड आइमाको नेपालका लागि आधिकारिक वितरकको रुपमा हिमाल इभि मोटर्स प्रा. लि. ले नेपालमा गत भदौ, २०७९ देखि सेवा दिइरहेको छ ।

हिमाल इभिले विगत करिब ८ महिनादेखि नेपालमा आइमा ब्राण्डका विद्युतीय स्कुटरहरुको बिक्रिवितरण गरिरहेको छ । काठमाण्डौं उपत्यकाबाट हिमाल इभिले बिक्रि वितरणको व्यवस्था गर्दै आईरहेको छ । काठमाण्डौं, भक्तपुर र ललिपुरमा हिमाल इभिले र हिमाल इभिका डिलरहरुको शोरुमबाट आइमा ब्राण्डका विद्युतीय स्कुटरहरु बिक्रिवितरण भइरहेको छ । बिक्रि पछिको सेवाको लागि समेत हिमाल इभिले राम्रो व्यवस्था गरे रहेको छ । हिमाल इभिले आफ्नै र हिमाल इभिलडिलरहरुका सर्भिस सेन्टरबाट सर्भिसको सुविधा दिइरहेको छ । काठमाण्डौं उपत्यका बाहिरका मुख्य मुख्य शहरहरुमा पनि डिलर विस्तारको प्रकृया अघि बढाइसकिएको समेत जानकारी दिए ।

AIMA को बारे
विश्वको विद्युतीय स्कुटर उत्पादनको इतिहासलाई हेर्दा धेरैको ध्यान नजाँदै सन् १९९९ देखि नै यो ब्राण्ड सर्वप्रथम चीनमा स्थापना भएको हो । हाल विश्वभरी यो ब्राण्डका ८ वटा कारखानाबाट विद्युतीय सवारीसाधनहरु उत्पादन भइरहेका छन् । विश्वमा आइमा ब्राण्डका अहिलेसम्म ५ करोड भन्दा बढी विद्युतीय सवारीसाधनहरु सडकमा गुडिरहेका छन् । यस ब्राण्ड अन्तरगत स्कुटर, मोटरसाइकल, साइकल, कार तथा अन्य थुप्रै उत्पादनहरु छन् ।

विशेषगरी अनुसन्धान र विकासमा बढी ध्यान दिने ब्राण्ड भएकाले पनि यस ब्राण्डका उत्पादनहरु निक्कै गुणस्तरीय हुन्छन् । यो ब्राण्डले सन् २०३५ सम्ममा ८० करोड भन्दा बढी विद्युतीय सवारीसाधन उत्पादन गरेर विश्वलाई स्वस्थ वातावरण र आरामदायक यात्राको अनुभुती गराउने लक्ष्य लिएको छ । चीन, अमेरिका, युरोप, अफ्रिकालगायतका क्षेत्रहरुमा सफल रुपमा रहेको आइमा ब्राण्डका विद्युतीय स्कुटरहरु नेपाली बाटो र माटो सुहाँउदो पनि भएको कुरा त हाम्रो विगत करिब ८ महिनाको अनुभवले प्रमाणित गरिसकेको छ शर्माले भने । हालसम्म हामिले आइमाका विभिन्न ५ मोडेलका विद्युतीय स्कुटरहरु बिक्रिवितरण गर्दै आइरहेकोमा निकट भविष्यमा नयाँ नयाँ मोडेलका स्कुटरहरुलाई नेपाली बजारमा उतार्ने जमर्को गर्दै जाने सेल्स हेड शर्माले जानकारी दिए ।

वि.सं.२०७९ चैत १५ बुधवार १८:५१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...