काठमाडौं । आज चैत १७ गते शुक्रबार सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला १ हजार रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९२ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ८७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला २५ रुपैंयाले बढेर घटेर १४ सय रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८२ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ७७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १ हजार ३७५ रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०७९ चैत १७ शुक्रवार १०:५३ मा प्रकाशित