काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यी दुई लघुवित्त संस्थाहरुबीच चैत १६ गते बिहीबार एकआपसमा गाभिने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
विराटनगरमा रजिष्टर्ड कार्यालय रहेको नेरुडे र बनेपामा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते एकआपसमा मर्ज हुने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
वि.सं.२०७९ चैत १९ आइतवार १२:४४ मा प्रकाशित