back
NMB ad

राजनीतिको वैकल्पिक शक्ति बन्ने प्रसाईंको दाबी, रविलाई हराएरै छाड्ने उद्घोष

Kumari bank ad

काठमाडौं । दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन् । उनीहरुले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा सहकार्यका साथ सहभागी हुने जानकारी गराएका हुन् ।

उनीहरुले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारसमेत घोषणा गरेका छ । चितवन–२ मा कालोमोसो अभियानका संयोजक शम्भु थापा, तनहुँ–१ मा विष्णु पराजुली, बारा– २ मा चन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ । उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका शम्भु थापालाई नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले टिकट दिँदै चुनावचिन्ह लौरौ पनि थमाए । त्यसैगरी राजनीतिको वैकल्पिक शक्ति अब आफूहरु बन्ने प्रसाईंले दाबी गरे ।

प्रसाईँले प्रचण्ड र केपी ओलीले नागरिकहरुलाई धेरै ढाँटेको आरोप लगाए । अब प्रचण्ड, ओली, रवि र राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने उनको भनाई छ । केही आशा गरिएका लामिछाने र लिङ्देनपनि ‘उही पोखरीमा गएर हाम फालेको’ उनको आरोप छ ।

‘प्रचण्डबाट पनि यो कुरा पार नलागिसकेपछि र प्रचण्डपनि त्यही ठाउँमा पुगिसकेपछि अब नयाँ पार्टी आउँछ भनेर रविजीको पर्खाइमा बसें । राजेन्द्र लिङ्देन दाईको पर्खाइमा बसेको थिएँ । उहाँहरु पनि त्यही ठाउँमा गएर हाम फालेपछि, त्यही पोखरीमा गएर हाम फालेपछि हामीले यो अभियान चलायौं । कालोमोसो दस्ता खोलेको यी भाई (शम्भु थापा) लाई लगेर थुनिदिए,’– उनले भने ।

लघुवित्त, सहकारी र बैंकको कारण आज मान्छेहरु मिटरब्याजमा फसेको उनको आरोप छ । आफूले आवाज उठाएपछि त्यसको पक्षमा गगन थापा, रवि लामिछाने, माधवकुमार नेपाललगायतका मान्छेले आवाज उठाउन थालेको उनको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग गरेको सम्झौता नपत्याउन र विश्वास नगर्न पनि उनले आग्रह गरे । आफूलाई प्रचण्ड र ओलीले आश्वासन दिएर बेवकुफ बनाएकोसमेत उनको आरोप छ ।
‘हाम्रा सम्माननीय प्रधानमन्त्रीजी हिजो रुँदै गरेको ठाउँमा पर्खनुस् न पर्खनुस् म छु भन्दै हुनुहुन्थ्यो । तर, विश्वास नगर्नुस्, किन भने मलाई यस्तो … (चुतिया) बनाएको छ नी उहाँहरुले, बेवकुफ बनाएका छन्, उहाँ र केपी ओलीले,’–उनले भने ।

साथै, राजनीति र व्यापार व्यवसाय आफूसँग सिक्न आउन पनि उनले केपी ओलीलाई आग्रह गरे । ‘केपी ओलीजी ऋण तिर्न सक्नेगरि लिनु नि भन्दै हुनुहुन्थ्यो । उहाँले विजनेस नै गरेको छैन । उहाँलाई राजनीति पनि गर्न आएन, विजनेस पनि गर्न आएन । राजनीति गर्ने हो भने मसँग सिक्न आउन्, देश कसरी चलाउनुपर्छ । व्यापार, व्यवसाय र राजनीति कसरी गर्नुपर्छ भन्ने कुरा मसँग सिक्न आए हुन्छ । हामी राजनीतिको पाठ सिकाउँछौं,’–प्रसाईँले भने ।

हाम्रो नेपाली पार्टी (लौरो अभियान) का अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले सम्पूर्ण राष्ट्रवादी शक्तिहरु यो देशलाई बचाउन एकजुट हुनुपर्ने उनले बताए । रवि लामिछानेले चितवनका सोझा÷साझा र इमानदार नागरिकको मत बोरामा ल्याएर ‘तीन जना बा’ को पाउमा लम्पसार परेको उनको आरोप छ ।

‘उहाँ (रवि) ले सोझासाझा जनताको मतलाई एउटा बोरामा ल्याउनुभयो । बोरामा ल्याएको मतलाई शेरबहादुर बा, केपी बा र नानीका बा’ को पाउमा लम्पसार परेर उहाँले जनताको मतलाई प्रस्तुत गर्नुभयो,’–उनले भने ।

साथै, नागरिकता कायम छैन भन्ने थाहा हुँदाहुँदैपनि रविले ‘आईएम रवि’ भन्ने भावनाले जनताको माँझमा भ्रम सिर्जना गरेको उनको आरोप छ ।

‘चितवनको जनता झुक्याएर उहाँले उपप्रधानमन्त्री लिनुभयो, विभिन्न मन्त्रीहरु लिनुभयो । त्यत्तिमात्रै गर्नुभएन, उहाँले सोझासाझा चितवनका जनताको मत लगेर आफूले गरेको गल्तीका त्रुटि सच्याउनका लागि साट्नुभयो । अहिले पनि उहाँले त्यही गर्नुभएको छ । रवि लामिछानेले मुकुटो लगाएर सोझासाझ जनतालाई भ्रममा पार्न खोज्नुभएको छ । हामी त्यसलाई पर्दाफास गर्नेछौं,’– उनले भने ।

नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टी (लौरो अभियान) बाट चितवन– २ मा साझा उम्मेदवार बनेका शम्भु थापाले रविले दुरुत्साहन मुद्दामा भिडले बचाएपछि अहिले सर्वोच्च अदालतलाई पनि च्यालेन्ज गरेको आरोप लगाए । उनी ‘आई एम रवि’ भन्ने भावनाले प्रस्तुत भएको उनले बताए ।

‘चितवन–२ का उम्मेदवार ‘उहाँ दुरूत्साहनको मुद्दामा पर्नुभएको थियो । दुरुत्साहनको मुद्दामा असल केटो हो, बचाउनुपर्छ भनेर त्यहाँका विवेकशील नागरिकले अदालत घेराउ गरेर छुट्कारा दिए । नागरिकता छैन मलाई थाहा छ । तर यो भिडले, यो समाजले बचाउछ भनेर ‘आई एम रवि’ भनेर सर्वोच्च अदालतलाई पनि उहाँले च्यालेन्ज गर्नुभयो । आई एम रवि भन्ने कन्सेप्टले उहाँ जानुभयो,’– उनले भने ।

रवि लामिछाने सांसद भएपछि उनले चितवनको गरिब नागरिकको पक्षमा काम नगरेको उनको आरोप छ । आगामी उपनिर्वाचनमा त्यहाँबाट आफू निर्वाचित हुनेमा कुनै शंका नरहेको उनको दाबी छ ।

‘उहाँले कहिले पनि गरिबहरुको पक्षमा बोल्नुभएन । लघुवित्तको ज्यादतीको पक्षमा बोल्नुभएन । मेरो उम्मेदवारी उहाँहरुको पक्षमा हो । म त्यहाँबाट सांसद भएर जाँदैछु । यो कुरा प्रष्ट हुनुस्,’– उनले भने ।

उनले आफूहरुको अभियानका संयोजक दुर्गा प्रसाईँलाई सिंहको संज्ञा दिए । आफूलाई भक्ति थापाको सन्तान भएको दाबी गर्दै उनले आफूलाई डमरुसँग तुलनासमेत गरे ।

‘बाघ पाल्ने मान्छेले बाघलाई दाना हाल्न जान डराउनुहुँदैन । यस्ता रविहरु ७७ वटै जिल्लामा अब हामी जन्माउँछौं । तर, इमानदार रवि जन्माउँछौं । हामी दलाल रवि जन्माउँदैनौं । हामी फटाहा रवि जन्माउँदैनौं । हामी नानीका बा’को हुने रवि जन्माउँदैनौं । नानीका बा’हरुलाई अपहरण गरेर मत बेच्ने रवि हामी जन्माउँदैनौं । म भक्ति थापाको सन्तान हुँ । म डमरु हुँ । सिंहको हातमा पुगेको छु । यो देशको सिंह दुर्गा प्रसाईँ हो,’– उनले भने ।

वि.सं.२०७९ चैत १९ आइतवार १७:५८ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...