काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । सभा धुलिखेल रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा वैशाख ३० गते बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीको सेयर स्वामित्व परिमार्जन गरी संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि संस्थाले वैशाख १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, वैशाख १३ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ चैत २० सोमवार ११:०६ मा प्रकाशित