काठमाडौं । हिमालयन बैंकले दुई बचत खातामा भएको दुर्घटना मृत्यु बीमाको सीमा रकम बढाएको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा भएको बीमाको सीमा रकम बढाएको हो ।
बैंकले दुर्घटना बीमाको सीमा रकम ५ लाखबाट बढाएर १० लाख पुर्याएको छ । नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा र विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आवद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ ।
१० लाखसम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ ।
वि.सं.२०७९ चैत २० सोमवार १४:४३ मा प्रकाशित