काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचिकृत भएको छ ।
साविकको प्रिमियर इन्स्यारेन्स र सिद्धार्थ इन्स्योरेनस एक आपसमा गाभ्ने /गाभिने गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको क्रम संख्या १ देखि २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता शेयर सूचिकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी चैत गतेको निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।
साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्टक सिम्बोल एसपिआइएल रहने र नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज ६३७ रुपैंया ६१ तोकेको छ ।
वि.सं.२०७९ चैत २० सोमवार १५:४८ मा प्रकाशित