back
NMB ad

अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग

Kumari bank ad

भोजपुर । नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफ्नो क्षेत्रमा पुनः सर्भेको माग गरेका छन्।

सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुनः सर्भे गर्न माग गरेका हुन्।

उनीहरु संघर्ष समिति निर्माण गरी विरोत्र उत्रिएका छन्। बस्ती र खेतीयोग्य जमिन नछली सर्भे गर्दा आफूहरु विस्तापित हुने अवस्था आएकाले पुनः सर्भेको माग गरिएको संघर्ष समितिका संयोजक पावीहाङ राईले बताए।

आयोजना निर्माणका विषयमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरले सोमबार आयोजना गरेको अन्तरक्रियामा उनले राईले आयोजना मुलुकको हितमा भए पनि जबरजस्ती अघि बढाउन खोजिए आफूहरुलाई मान्य नहुने स्पष्ट पारे। कार्यक्रममा उनीहरुले बस्ती विस्तापित हुने गरी गरिएको सर्भे परिवर्तन नगरेसम्म टावर राख्न नपाइने अडान राखेका छन्।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आयोजना र सर्भेका विषयमा सम्बन्धित निकायले उचित समन्वय नगर्दा समस्या देखिएको बताए। उनले आयोजनाको आईपीओ निष्कासनको समयमा भोजपुरलाई पनि प्रभावित क्षेत्र मान्नुपर्ने माग रहेको बताए।

कार्यक्रममा आयोजनाको निर्माण अवस्थाका बारेमा जानकारी दिइए अनुसार प्रसारण लाइनका लागि टेम्केमैयुङ गाउँपालिकामा १८ वटा टावर पोल निर्माण हुनेछन्। सर्भे भएअनुसार टावर निर्माण हुन नहुने, मुआब्जा रकम बढाइनुपर्ने, तारमुनि पर्ने जग्गा र टावरको मुआब्जा एकै साथ वितरण हुनुपर्ने, प्रभावित क्षेत्र घोषणलगायतका संघर्ष समितिको माग छ।

अन्तरक्रियामा लगानी बोर्ड, विद्युत् प्राधिकरण, इन्जिनियर, प्रभावित क्षेत्रका जनप्रतिनिधि, सम्बन्धित सरकारी कार्यालयका प्रमुख, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, अरुण तेस्रो परियोजनासँग सम्बन्धित विज्ञ रहेका थिए।

जिल्लाको षडानन्द नगरपालिका, भोजपुर नगपालिका र टेम्केमैयुङ गाउँपालिकामा आयोजानाअन्तर्गत एकसय टावर निर्माण हुनेछन्। कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा जग्गाधनीले भोजपुरमा अरुण तेस्रोले लापारबाहीपूर्वक काम गरिरहेको गुनासो गर्दै विगतमा गरिएका सम्झौतासमेत आयोजनाले कार्यान्वयन नगरेको गुनासो राखेका थिए।

षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले अरुण तेस्रो परियोजनाको प्रभावित क्षेत्र भोजपुर पनि भए पनि जल्लाका लागि कुनै पनि विषयमा सहयोग नगरेको बताए। ुपरियोजनाले चाहेमा प्रभावित क्षेत्रमा एक(एक वटा अस्पताल निर्माण गर्दा पनि हुन्छ, तर पनि उसले अहिलेसम्म जिल्लाका लागि कुनै पनि उपलब्धि मुलक काममा सहयोग गरेको छैनु, उनले भने।

अरुण तेस्रो आयोजनाले षडानन्द नगरपालिकामा दुई करोड ६५ लाख ८३ हजार रूपैयाँ, भोजपुर नगरपालिकामा ६३ लाख ७३ हजार रूपैयाँ र टेम्केमैयुङ गाउँपालिकामा १४ लाख ४२ हजार गरी चार करोड २१ लाख तीन हजार रूपैयाँ मुआब्जा वितरण गरिसकेको जनाएको छ।

वि.सं.२०७९ चैत २१ मंगलवार १२:५० मा प्रकाशित

You can share this post!

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...