back
NMB ad

सडक कालोपत्रपछि स्थानीय उत्पादनले बजार पायो

Kumari bank ad

पाँचथर । गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका-११ का देवीप्रसाद अधिकारी प्रसन्न छन्। सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउँछन्। उत्पाददित सागसब्जी बजार पुर्‍याउन सकिएको अधिकारीको भनाइ छ’ ।

‘यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर दुई घण्टा लाग्थ्यो। बुढापाकालाई त पाँच घण्टासम्म लाग्थ्योु, सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस सम्झिँदै अधिकारीले भने, ‘सडक कच्ची हुँदा यात्रा गर्न निकै सकस हुन्थ्यो, धुलो र हिलोले सास्ती खेप्नु परेको थियो।’

फिदिम-फालोट सडकको फिदिम-सल्लेरी खण्डको १० किलोमिटर सडक कालोपत्र भएपछि फिदिम पुग्न सहज भएको छ। समयमै फिदिम पुगेर सर्वसाधारणलाई काम गर्न सकिने अवस्था छ। स्थानीय उत्पादनले बजार पाएको छ। उत्पादन खेर जाने अवस्था हटेको छ।

भारतसँगको सीमा क्षेत्र फालोटलाई सदरमुकाम फिदिमसँग जोड्ने फिदिम-फालोट सडकको नांगीन सल्लेरीदेखि लुदिनटारसम्मको २५ किलोमिटर सडक कालोपत्र भएको तीन वर्ष बितेको छ। तर फिदिम-सल्लेरी खण्ड कच्ची हुँदा यस क्षेत्रका सर्वसाधारणले हैरानी बेहोर्दै आएका थिए। पूर्वाधार विकास कार्यालयले चार वर्षअघि थालेको फिदिम-सल्लेरी खण्डको कालोपत्र पूरा भएपछि स्थानीयवासी खुसी भएका छन्।

पूर्वाधार विकास कार्यालय फिदिमका प्रमुख राजनराज रेड्डीका अनुसार जिल्लाको मुख्य सडकको रुपमा रहेको फिदिम-फालोट सडकको उक्त खण्ड कन्काई पीएस जेभीले ६० करोड २७ लाख लागतमा निर्माण गरेको हो। नालीसहित सात मिटर चौडा सडक निर्माण भएको छ। कोभिड-१९ का कारण दुई वर्ष म्याद थप गरिएको थियो। आगामी असारसम्म काम सम्पन्न गर्ने सम्झौता छ।

संघीय सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना ९आरसीआइपी०अन्तर्गत फिदिम-फालोट सडकको नांगीन सल्लेरी-लुदिनटार खण्डको २५ किलोमिटर सडक तीन वर्षअघि नै कालोपत्रे भइसकेको छ। ९० करोड ८३ लाख ३५ हजारको लागतमा उक्त खण्ड कालोपत्रे भएको थियो। सल्लेरी-लुदिनटार खण्ड कालोपत्रे अघि बढ्दा फिदिम-सल्लेरी खण्ड उन्नति समावेशी परियोजनाले निर्माण गरिरहेको थियो।

फिदिम-फालोट सडकको लुदिनटार-फालोटको बाँकी २५ किलोमिटरमध्ये ११ किमी सडक कालोपत्रको ठेक्का प्रकृया अघि बढ्न लागेको पूर्वाधार विकास कार्यालयका प्रमुख रेड्डीले जानकारी दिए। ‘क्रमशः सीमा क्षेत्रसम्म ११ किलोमिटर सडक कालोपत्रको काम हुन्छु, उनले भने। यो सडकबाट जिल्लाको फिदिम नगरपालिका-१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका बासिन्दा बढी लाभ लिन सक्नेछन्।

यस्तै पूर्वाधार विकास कार्यालयले फिदिम-सन्दकपुर सडकअन्तर्गत फिदिम-रानीटार खण्डको सात किलोमिटर सडक पनि कालोपत्र गर्न लागेको छ।

गत हप्ता सुरु भएको यो खण्डको कालोपत्र आगामी दुई हप्तामा सकिने रेड्डीले बताए। २६ करोड ५० लाखको लागतमा दिवा एण्ड सफल जेभीले सडक निर्माण गरिरहेको छ। फिदिमको शिवालय मन्दिरबाट फिदिम-७ रानीटार, फिदिम-१३ लुङरुपा हुँदै सन्दकपुर जोड्ने योजनासहित यो सडक निर्माण भइरहेको छ। यस सडकबाट फिदिम-७, ८, १३ र १४ का वासिन्दा लाभान्वित हुनेछन्।

वि.सं.२०७९ चैत २३ बिहीवार १२:०९ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...