back
NMB ad

अवधि सकिदा पनि मैलुङ-स्याफ्रुबेँसी सडकको प्रगति न्यून, पर्खाल लगाउनेबाहेक केही काम भएन

Kumari bank ad

काठमाडौं । निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन। लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो।

झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले जनाएको छ। यो सडक खण्डमा २५ प्रतिशत प्रगति मात्रै रहेको योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘निर्माण व्यवसायीले काम नगरेर निर्माण सुस्त भएको हो।’

सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा मुआब्जाको समस्या कम रहेको योजनाले जनाएको छ। निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको प्रमुख श्रेष्ठले बताए। उनले भने, ‘बैंकबाट ताकेता गरेर सम्पर्कमा ल्याइएको छ, व्यवसायीले हामीलाई नयाँ व्यवस्थापनसहित काम गर्छु भनेको छ।’

सो ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो। अवधि थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उनले बताए। कामको प्रगति हेरेर निर्माणको काम अघि बढाए मात्रै थप हुने उनको भनाइ छ। उनका अनुसार काम चितबुझ्दो भएन, कामको गति बढाएन र जनशक्ति बढाएन भने थप नहुन पनि सक्छ।

एक महिनादेखि अहिले जनशक्ति र उपकरण थप्न थालेको उनले जानकारी दिए। अहिले तीन मेसिन र एक सय जना जनशक्ति रहेकामा योजनाले निर्माण कम्पनीललाई थप गर्न भनेको उनले बताए। उनले भने, ‘गति बढाउँदा अवधि थप्ने नभए जरिवाना लगाउनुपर्ने हुन्छ।’

सडकको तल्लोपट्टि खोला रहेकामा त्यसमा पर्खाल लगाउने काम भइरहेको छ। त्यो सकिएपछि नाली बनाएर ग्राभेल गरेर कालोपत्र गरिने उनले बताए। यो सडक सरकारको बजेटबाट निर्माण भइरहेको छ।

भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिइएको छ। मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाई १९ किमी रहेको छ।

वि.सं.२०७९ चैत २५ शनिवार १६:१६ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...