काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले यसअघि हाल कायम चुक्तापुँजीको १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिको लागि विद्युत नियमन आयोगमा पेश गरेकोमा आयोगबाट १ः१ अनुपातमा मात्रै हकप्रद निष्काशनको अनुमति दिएको हो ।
सोही अनुसार कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७९ चैत २७ सोमवार १०:४५ मा प्रकाशित