back
NMB ad

झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्तिमा सुधार

Kumari bank ad

काठमाडौं । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो।

सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत उपभोक्ताहरुले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुनेछ।

६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीयरुपमा विद्युत आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइनहरु निकालिएको छ। सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ।

सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ। पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइने छ।

हाल गोरादह, जुरोपानी, महारानी, गौरीगञ्जलगायतका क्षेत्रमा पाडाजुगी (दमक) १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत विद्युत् आपूर्ति दिइएको थियो। ११ केभी वितरण लाइन ज्यादै लामो हुँदा त्यस क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थियो।

जुरोपानी सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि उपभोक्ताहरुले अहिले व्यहोरिरहेको समस्या समाधान भई विद्युत आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको छ। त्यस क्षेत्रका कृषकहरुले विद्युतीय मोटरबाट पानी तानी खेतमा सिंचाइ गर्दै आएका छन्।

पहिले २८० भोल्ट लाइन आउने गरेकोमा नयाँ सबस्टेसनबाट आपूर्ति दिन थालेपछि ४०० भोल्ट लाइन प्रवाह भई त्यस क्षेत्रमा कुटानीपिसानी मिलका उपकरणहरु पानी तान्ने पम्पलगायतले राम्रोसँग काम गर्न थालेको परीक्षण, सञ्चालन र चार्जिङमा सङ्लग्न आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताए।

पाडाजुगीबाट जुरोपानीसम्मको करिब १८ किलोमिटर लामो ३३ केभी लाइन निर्माणाधीन छ। केही स्थानमा स्थानीय बासिन्दाको अवरोधका कारण लाइन तान्न सकिएको छ। गौरादह क्षेत्रको विद्युत् आपूर्तिको समस्या समाधान गर्न जरुरी भएकोले वैकल्पिक व्यवस्थाको रुपमा पाडाजुगी–गौरीगञ्ज सडकको छेउछेउबाट लाइन लगेर जुरोपानी सबस्टेसन सञ्चालनमा ल्याइएको छ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो।

वि.सं.२०७९ चैत २७ सोमवार १२:२४ मा प्रकाशित

You can share this post!

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...