back
NMB ad

लघुबीमा निर्देशन २०७९ जारी : जीवन बीमाका लागि ५ र निर्जीवन बीमाका लागि ५० लाखको सीमा निर्धारण

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमाको सीमा निर्धारण गरेको छ । प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरी लघु बीमाको व्यवसाय निर्धारण गरेको हो ।

प्रधिकरणले जारी गरेको निर्देशन अनुसार लघु जीवन बमिा कम्पनीले ५ लाख रुपैयाँ सम्म र निर्जीवन लघुबीमा कम्पनीले ५० लाख रुपैयाँसम्को बीमा गर्न पाउने भएका हुन् । लघुबीमा व्यवसायको विकास, प्रवर्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको हो ।

लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा र इन्जिनियरिङ लघुबीमाको सीमा ५० लाख रुपैयाँ बीमांक तोकिएको छ । दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघुबीमाको सीमा ५ लाख रुपैयाँ तोकिएको छ ।

तर, नेपाल राष्ट्र बैंक र नेपाल सरकारद्धारा अनुदान तथा ब्याज अनुदान प्राप्त कर्जाको बीमांक कर्जाको सीमासम्मको दायित्व रहेने प्राधिकरणको जनाएको छ ।

यस्तै, मोटर लघुबीमाअन्तर्गत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटरअन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मापेड, ट्याम्पु, रिक्सा, ठेलागाडा मात्रैको बीमा गर्न सकिनेछ ।

बीमकले टेलिकम, इन्टरनेट सेवाप्रदायक, भुक्ताी सेवाप्रदायक, स्टोर, होटल, रेस्टुराँलगायतका आपूर्ति शृंखलामा आबद्ध संगठित संस्थाहरुसँग सहकार्य गरी लघुबीमा जारी गर्न सकिने प्राधिकरणले जनाएको छ ।

वि.सं.२०७९ चैत २७ सोमवार १४:५१ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...