back
NMB Ad

ताइवानलाई ‘हवाई नाकाबन्दी’ गर्न चीनकाे युद्ध अभ्यास

काठमाडौं । चीन र ताइवानको बिचको द्धन्द्ध चरम अवस्थामा पुगेको ।

ताइवानको सिमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथी ‘हवाई नाकाबन्दी’को लगाउने प्रयास स्वरुप नयाँ युद्ध अभ्यास गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमवार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको घेराबन्दीसमेत गरेको छ । सो क्रममा दर्जनौ लडाकु बिमानलाई ताइवानको हवाई क्षेत्रलाई बन्द गर्ने गरी अभ्यास गरेको जनाईएको छ ।

ताइवानकी राष्ट्रपति साई इंग वेनले अमेरिकाका प्रतिनिधिसभाका सभाका सभामुख केविन मैक्कार्थीलाई भेट गरे पछि आक्रोशित चीनले ‘हवाई नाकाबन्दी’को अभ्यास गरेको हो ।

चिनले जारी गरेको एउटा जानकारीमा भनिएको छ कि ‘गोला बारुदले भरिएको बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यास गरिएको हो ।’ यो युद्ध अभ्यासमा चीनले शेडोंग बिमानबाहक युद्धपोत पनि समावेश गरिएको थियो ।

चिनका इस्टर्न थिएटर कमाण्डका अनुसार गोला बारुदले भरिएका दर्जनौं एच–सिक्स के लडाकु बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यासमा ल्याईएको हो ।

चिनले ताइवानलाई धम्काएको यो पहिलो घटना भने होइन, यस्तो धम्काउने कार्य चीनले बेला बेलामा गर्दै आएको छ । जो अहिले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर फेरी सुरु गरेको हो ।

उता, सो युद्ध अभ्यासलाई लिएर ताइवानको रक्षा मन्त्रालयले हिन्द–प्रशान्त क्षेत्रमा चीनले शान्ति र स्थिरताको गम्भिर उलङघन गरिरहेको जनाएको छ । ताइवानले अन्य देशलाई यो पनि आग्रह गरेको छ कि चीनको यो अन्तर्राष्ट्रिय सिमामा गरेको युद्ध अभ्यास बिरुद्ध आफनो धारणा बाहिर ल्याउन जरुरी छ .

वि.सं.२०७९ चैत २८ मंगलवार ०८:२६ मा प्रकाशित

You can share this post!

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१७

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास...

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१०

रामहरि न्यौपाने त्रिशूली (नुवाकोट) : गोरखा भूकम्पको १० वर्षपछि पनि...

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:०२

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि सिंहदरबार पुगेको...

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:५४

चितवन : साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर...

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:०८

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलनलाई लिएर...

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १३:५८

काठमाडौँ : नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको...