back
NMB ad

दोल्ती पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पहिलो दिनको अपडेट

Kumari bank ad

काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओमा २८ करोड ३६ लाख ७१ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज मंगलबार पहिलो दिनसम्म २ लाख ५३ हजार ५५६ जनाले २८ लाख ३६ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.२३ गुणा बढी हुन आउँछ ।
कम्पनीले आज चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ ।

बाँकी १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७९ चैत २८ मंगलवार १७:३४ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...