back
NMB ad

बर्खा नलाग्दै पहिरोको त्रास, बचेको बस्ती पनि उजाडिने डर

Kumari bank ad

गलेश्वर । पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँमा वस्छन् ३२ घरका डेढ सय परिवार ।म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो । दुई दशकको अवधिमा गाउँबाट ६० भन्दा बढी व्यक्तिले बसाइँसराइ गरे पनि ७३ वर्षीय भक्तबहादुर सापकोटाले भने गाउँ छोडेर अन्यत्र बसाइँ सर्न मान्नुभएन । गाउँमा रहेका उहाँसहित ३२ घर परिवारलाई बर्खा नलाग्दै पहिरोको चिन्ताले सताउने गरेको छ ।

विसं २०५८ देखि खस्न सुरु गरेको यो पहिराले बर्सेनि उग्ररूप लिँदै गएकाले स्थानीय सरकारको बजेटले पहिरो नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालले बताए । पहिरो नियन्त्रणका लागि पहल हुँदा बेनी नगरपालिका–३ तोराखेत र बेनी नगरपालिका–२ बगरफाँटका ६० भन्दा बढी घर उच्च जोखिममा परेकाले पछिल्लो दुई वर्षमा तोराखेतका १७ र बगरफाँटमा चार घर परिवार विस्थापित भए ।

विसं २०७२ को भूकम्पले जमिनको सतह खल्बल्याएकाले उक्त पहिरो थप जोखिमपूर्ण बनेको स्थानीय अगुवा दिलबहादुर सापकोटाले बताउनुभयो । तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जनभन्दा बढी ठाउँमा ठाडो चिरा परेको छ ।

माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिने क्रम बढेपछि तोराखेतको पहिरो वरपरको क्षेत्रमा बसोबास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरूककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनीनगरपालिका–२ ज्यामरूककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

तल विशाल चट्टाने पहरोको बीचमा भिरालो जमिन र सोही स्थानमा रहेको तोराखेत गाउँभन्दा करिब तीन सय मिटरमाथिबाट भकुण्डे–भकिम्ली जोड्ने कच्ची मोटर बाटो छ । भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरूककोटको सीमा नजिक पर्ने सात्लेपानीसम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकाले पनि वर्षाको समयमा पहिराको खतरा बढेको स्थानीयवासीको गुनासो थियो ।

कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, योसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरा, जङ्गल र त्यस क्षेत्रमा रहेका पानीका मूलका कारण पनि सो पहिरो तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको स्थानीय जनप्रतिनिधिले बताए ।

तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ । तोराखेतको पुछारमा रहेको धुपीरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा पारेको छ । भिरालो जमिन माथिबाट लच्किँदै आएका कारण विगतका वर्षमा भन्दा यस वर्षको बर्खायाममा तोराखेत गाउँ बढी खतरायुक्त पुगेको सोही ठाउँ निवासी भक्त सापकोटाले बताउनुभयो । “बर्खा नलाग्दै पहिरोको चिन्ताले रातभरि निद्रा लाग्दैन, पहिरोकै कारण सबै दामलीहरु गाउँ छोडेर हिँडे, बसेका हामी र बँचेको जग्गा जमिन पनि पहिरोले कति बेला उजाड बनाउँछ र थाँतथलो नासिन्छ भन्ने त्रासमा छौँ हामी”, उहाँले भन्नुभयो । स्थानीयवासीका अनुसार विगत वर्षका तुलनामा यस वर्ष तोराखेतको बस्ती नजिकको जमिन धेरै नै भासिएको छ ।

गाउँको पूर्वपट्टि करिब तीन सय ५० मिटरको दूरीमा रहेको धुपीरूखसम्मको जमिनमा धाँजा फाँटेको छ भने सो क्षेत्रको जमिनमा पनि ठाडो मुख चिरिएको छ । पहिरोका कारण सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको बगरफाँट गाउँ उच्च जोखिममा रहेकाले वर्षाको समयमा बगरफाँटवासी समेत त्रस्त हुने गर्दछन् ।

पहिरो नियन्त्रण र भूअध्ययनका लागि केन्द्रबाट विशेषज्ञको टोली ल्याएर निरीक्षण गराउँदा कमजोर र भिरालो भूबनोटका कारण पहिरो नियन्त्रण गर्न स्थानीय प्रयासले मात्र सम्भव नहने सुझाव आएकाले यहाँ रहेका बासिन्दालाई वैकल्पिक ठाउँको व्यवस्थापनतर्फ स्थानीय तह लागेको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

वि.सं.२०८० वैशाख १ शुक्रवार १६:०५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...