काठमाडौं । आज बैशाख ३ गते नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् बैशाख ४ गतेदेखि बुक क्लोज गर्ने छ ।
त्यसकारण, आज बैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले लाभांश पारित गर्न बैशाख १५ गते बिहान ११ बजे, धादिङ्ग क्रिक रिसोर्ट, धादिङ्गबेशीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
वि.सं.२०८० वैशाख ३ आइतवार ०७:१४ मा प्रकाशित