back
NMB ad

खर्च धान्न नसकिने भन्दै नगरपालिकाले एकै पटक २०० शिक्षक हटाउने

Kumari bank ad

सुर्खेत । खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक दुई सयभन्दा बढी करार शिक्षकलाई जागिरबाट हटाउने निर्णय गरेको छ ।

आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै पालिकाभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत २ सय ४६ जना करार सेवामा रहेका शिक्षकहरू हटाउने निर्णय गरिएको हो।

अब नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नवीकरण नहुने भएको छ ।

शनिवार बसेको ७८औं नगर कार्यपालिका बैठकले पालिकामा विद्यालयको संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस भन्ने उद्देश्यले करार शिक्षकको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको नगरप्रमुख रवि केसीले बताए ।

उनकाअनुसार नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो। आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च बेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो।

अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरिएको केसीको भनाई छ । नगरपालिकाले करिब पाँच सय बराबर कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब खुवाउँदै आएको छ । करार शिक्षक हटाएर दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा छलफल सुरु भएको छ ।

वि.सं.२०८० वैशाख ४ सोमवार ११:१५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...